Century Times

रुसको धम्कीलाई बेवास्ता गर्दै फिनल्याण्ड र स्वीडेनले नेटोको सदस्यताका लागि आवेदन दिए

रुसको धम्कीलाई बेवास्ता गर्दै फिनल्याण्ड र स्वीडेनले नेटोको सदस्यताका लागि आवेदन दिए

स्वीडेन र फिनल्याण्डले बुधबार नेटोको सदस्यताको लागि औपचारिक आवदेन दिएका छन् । यसलाई युक्रेनमा रुसले आक्रमण गरेपछिको सबैभन्दा ठूलो भूराजनीतिक प्रतिफलको रुपमा हेरिएको छ ।

नेटोको महासचिव जेन्स स्टोल्टेनबर्गले नेटोको मुख्यालयमा व्यक्तिगत रुपमा दुई मुलुकले सदस्यताको लागि दिएको आवेदन स्वीकारे ।

अमेरिकी नेतृत्वको प्रतिरक्षात्मक सैन्य गठबन्धन नेटोको मुख्यालय उत्तर–पूर्वी ब्रसेल्सको हरेनमा छ ।

‘हाम्रा घनिष्ट साझेदार फिनल्याण्ड र स्वीडेनले नेटोमा सहभागी हुन गरेको अनुरोधलाई म न्यायो स्वागत गर्छु,’ स्टोलटेनवर्गले भने । उनले दुई मुलुकले उठाएको कदमलाई ‘ऐतिहासिक’ को संज्ञा दिए ।

नेटोको लागि स्वीडेनका राजदूत एलेक्स वेर्नहोफ र उनका फिनिस समकक्र्षी क्लोस कोरहोनेनले तिनका मुलुकका विदेश मन्त्रीले हस्ताक्षर गरेका आवदेन पत्र स्टोलटेनवर्गलाई हस्तान्तरण गरेका थिए ।

फिनल्याण्डका राष्ट्रपति सोली नीईनिस्तो र स्वीडेनका प्रधानमन्त्री मग्दालेना एण्डरसन बिहिबार वाशिन्टन जाँदैछन् । त्यहाँ उनीहरुले अमेरिकी राष्ट्रपति बाइडेनसँग भेटेर नेटोका सदस्यताका लागि तिनले दिएको दिएको आवेदनबारे छलफल गर्नेछन् ।

कुनै मुलुक नेटोको नयाँ सदस्य चुनिनको लागि विद्यमान सबै सदस्य मुलुकको सहमती आवश्यक पर्छ । टर्कीले यसअघि नै स्वीडेन र फिनल्याण्डलाई नेटो सदस्य दिने कुरामा समर्थन नगर्ने बताइसकेको छ ।

अंकाराले उसले आतकंवादी मान्दै आएको कुर्दिस सैन्य संगठनका सदस्यलाई ती मुलुकले आश्रय दिने गरेको लगाउँ दै आएको छ । त्यसबाहेक सन् २०१९ मा सिरियामाथि सैन्य अभियान संचालन गरेपछि मुलुकले टर्कीमाथि सैन्य निर्यात प्रतिबन्ध लगाएकाले पनि टर्की रुष्ट छ।

तथापि हेलसिन्की, स्टकहोम र अन्य पश्चिमी मुलुक टर्की अन्तिम समयसम्म विरोधबाट पछि हट्ने आशामा छन ्।

टर्कीमा आगामी वर्ष चुनाव हुदै गर्दा रिसेप तयिप एर्दोगानले घरेलु राजनीतिमा फाईदाका लागि बार्गेनिङ गरिरहेको र उसले आवेदनविरुद्ध भिटो प्रयोग गर्ने सम्भावना नरहेको विज्ञको विश्वास छ ।

सामान्य अवस्थामा नेटोको सदस्यका लागि आवदेन दिएदेखि सबै सदस्य मुलुकको अनुमोदन हुनसम्म आठदेखि १२ महिना लाग्छ । तर संगठनले स्वीडेन र फिनल्याण्डमाथि रुसबाट खतरा रहेको भन्दै सदस्य प्रक्रिया छिटो बनाउँदैछन् ।

रुसले उसका दुई छिमेकी मुलुकहरु स्वीडेन र फिनल्याण्डको नेटो सदस्यताको विरोध गर्दै आएको छ। उसले यस्तो कदमलाई ‘गल्ती’ भन्दै यस्तो कदमको गम्भिर परिणाम हुनसक्ने धम्की दिएको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »