एमालेले रघुवीर महासेठको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने भएको छ । महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गर्ने तयारी छ ।
उनी यसअघि उपप्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । उनले परराष्ट्र र भौतिक योजना मन्त्रालयको नेतृत्व गरिसकेका छन् । गृह र अर्थ मन्त्रालय एमालेको भागमा परेको भए विष्णु पौडेल सरकारको नेतृत्व गरेर जाने सम्भावना थियो । तर यी दुवै मन्त्रालय नपाएपछि एमाले भौतिक पूर्वाधार लिएर रघुवीरलाई पठाउने निर्णय गरेको हो ।
महासेठले आफूलाई पठाउन लागेको जानकारी प्राप्त भएको र तयारी गरिरहेकाे बताए । उनले एमालेबाट आफूबाहेक थप १-२ जनाले शपथ लिने तयार भइरहेकाे तर नाम भने आउन बाँकी रहेको बताए
Century Times
