अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकजस्तै भिडियो सेयरिङ एप ट्रिलरको अकाउन्ट बनाएका छन्।
केही समय अगाडि मात्र ट्रम्पले चिनियाँ प्रविधि कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक एपलाई अमेरिकामा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका थिए।
चिनियाँ प्रविधि कम्पनी र एपहरु अमेरिकी सुरक्षाको लागि खतरा भएको ट्रम्पले बनाउँदै आएका छन्।
पहिले हुवावेलाई प्रतिबन्ध लगाएका ट्रम्पले यतिबेला टिकटक र विच्याट प्रतिबन्ध गरेका हुन्। ट्रिलरमा एउटा १५ सेकेन्डको भिडियो सेयर गर्दै ट्रम्पले भनेका छन्,‘म प्रविधिको क्षेत्रमा एकदमै व्यवसायिक छु। मजस्तो कसैले राम्रो गर्न सक्दैन।’
https://platform.twitter.com/embed/index.html?creatorScreenName=nepalkhabar&dnt=false&embedId=twitter-widget-0&frame=false&hideCard=false&hideThread=false&id=1294732169349337089&lang=en-gb&origin=https%3A%2F%2Fnepalkhabar.com%2Fscience-tech%2F35019-2020-08-17-06-43-43&siteScreenName=nepalkhabar&theme=light&widgetsVersion=223fc1c4%3A1596143124634&width=550px
टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने भनिसकेपछि ट्रिलर एप अमेरिकामा चर्चित बन्ने अपेक्षा गरिएको छ। ट्रिलरका सिइओ माइक लुका अनुसार यदी टिकटक अमेरिकामा पूर्ण रुपमा प्रतिबन्धित भए ट्रिलरले उनीहरुको स्थान लिनसक्छ।
गत अगष्ट ६ मा ट्रम्पले ४५ दिनभित्र टिकटक र विच्याट अमेरिकामा प्रतिबन्ध गरिसक्न आदेश दिएका छन्।
पछिल्लो समय अमेरिका र चीनबीच विभिन्न समयमा विवाद छ। प्रविधिको विषयमा भने अमेरिकाले चीनसँग प्रतिस्पर्धा गर्न नसकेको विज्ञहरु बताउँछन्।
Source:nepalkhabar
Century Times
