Century Times

गभर्नरले भने– अझै ब्याजदर बढ्न सक्छ

गभर्नरले भने– अझै ब्याजदर बढ्न सक्छ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त क्षेत्रमा थप त्रास उत्पन्न हुने गरी अभिव्यक्ति दिएका छन् । बुधबार चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालको लेखापाल सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकिङ ब्याजदर अझै बढ्न सक्ने अभिव्यक्ति दिएका हुन् । 

गभर्नर अधिकारीले मुलुकमा अझै वित्तीय सन्तुलन कायम भइनसकेको जिकिर गर्दै उनले कर्जा माग बढ्दो क्रममा रहेको तथा निक्षेप घट्दो क्रममा रहेकाले ब्याजदर अझ बढ्न सक्ने बताएका हुन् । उनले  त्यसका लागि तयार रहनुपर्ने पनि बताए ।

हाल बैंकिङ क्षेत्रमा व्याप्त तरलता अभावकाबीच लगानीका क्षेत्रहरु खुम्चिएका छन् भने बैंकहरुले च्च दरमा ब्याजदर अफर गरिरहेका छन् । पछिल्लो पटक तरलता अभावका बीच बैंकहरुले निक्षेपमा नै ११.०३ रुपैयाँ ब्याजदर प्रदान गरिरहेका छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »