Century Times

वीरगञ्जमा हिजाेदेखि लागेकाे कर्फ्यु बिहान ६ बजेदेखि १० बजेसम्म खुला

वीरगञ्जमा हिजाेदेखि लागेकाे कर्फ्यु बिहान ६ बजेदेखि १० बजेसम्म खुला

पर्साको वीरगञ्जमा हिजो बेलुकादेखि लागू भएको अनिश्चितकालीन कर्फ्यु आज बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुला गरिएको छ ।

हिजो बेलुकादेखि अनिश्चितकालीन कर्फ्यु  जारी भए पनि नागरिकको सहजताका लागि कर्फ्यु  खुकुलो गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले जानकारी दिनुभयो।

रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादलाई लिएर वीरगञ्जमा प्रदर्शन भएपछि शान्ति सुरक्षा बिग्रने आशङ्कामा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा हिजो बेलुकादेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।

अहिले त्यहाँको अवस्था सामान्य छ । हिजो प्रदर्शन गर्ने दुई धार्मिक पक्षसँग आज बिहान ११ बजे सर्वदलीय बैठक बसेर कर्फ्युबारे थप निर्णय गर्ने  प्रशासनले जनाएको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

भर्खरका पोष्टहरू

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »