Century Times

मौसम अपडेट : वर्षा र बदली भोलिसम्मै, पर्सि आइतबारदेखि मौसममा क्रमशः सुधार हुने

मौसम अपडेट : वर्षा र बदली भोलिसम्मै, पर्सि आइतबारदेखि मौसममा क्रमशः सुधार हुने

देशका धेरै ठाउँमा आज पनि हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले नेपालमा स्थानीय वायुको प्रभाव रहेकाले देशभर बदली र केही ठाउँमा वर्षा भएको हो । बाग्मती र गण्डकी प्रदेशको पहाडी भेगका थोरै ठाउँहरुमा हल्का पानी परिरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो  कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै ठाउँहरुमा तथा बाँकी प्रदेशका एक, दुईं ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हल्का हिमपातको सम्भावना छ । राति पनि पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 भोलि पनि बदली र वर्षा हुने तथा पर्सि आइतबारदेखि मौसम क्रमशः सुधार हुने मौसमविदले बताएका छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »