Century Times

टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा

टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा

टी-२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी-२० विश्वकपका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाली टोलीमा कप्तान रोहितसँगै आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

टी–२० विश्वकप क्रिकेट यही जुन/जुलाईमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपाल टी-२० विश्वकप क्रिकेटको समूह ‘डी’ मा छ । यो समूहमा नेपालसँगै बङ्गलादेश, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र श्रीलङ्का रहेका छन् । नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »