Century Times

२४ वर्षपछि पहिलोपटक उत्तर कोरियाको भ्रमण गर्दै पुटिन

२४ वर्षपछि पहिलोपटक उत्तर कोरियाको भ्रमण गर्दै पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक मंगलबार उत्तर कोरियाको भ्रमण गर्ने भएका छन्। 

बीबीसीका अनुसार पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनसँग राजधानी प्योङयाङमा भेटवार्ता गर्ने छन्। दुई नेताबीच गत वर्ष पनि सेप्टेम्बरमा रुसी सहर भ्लादिभोस्टोकमा भेट भएको थियो।

सन् २००० पछि पुटिनले उत्तर कोरियाको भ्रमण पहिलोपटक गर्न लागेका हुन्।  अमेरिकाले आफू ‘दुई देशबीचको सम्बन्धलाई गहिरो बनाउन’ चिन्तित रहेको बताएको छ। 

क्रेमलिनले यस भ्रमणलाई ‘मैत्री राज्य भ्रमण’ भनेको छ र रुसी मिडियाका अनुसार, पुटिन र किम जोङ उनले सुरक्षाका मुद्दासहित साझेदारी सम्झौतामा हस्ताक्षर गर्ने तथा दुई नेताले संयुक्त वक्तव्य जारी गर्ने सम्भावना छ। 

पुटिनले प्योङयाङको अर्थोडक्स चर्च अफ द लाइफ गिभिङ ट्रिनिटीको भ्रमण गर्ने सम्भावना छ। उत्तर कोरियामा यो मात्र अर्थोडक्स चर्च हो। प्राप्त जानकारीअनुसार पुटिन प्योङयाङको कुमसुसन गेस्टहाउसमा बस्नेछन्, जहाँ चिनियाँ राष्ट्रपति सी चिनफिङले २०१९ मा उत्तर कोरियाको राजकीय भ्रमणका क्रममा बसेका थिए।

पुटिनले आफ्ना नयाँ रक्षामन्त्री आन्द्रेई बेलोसोफसँग यात्रा गर्ने अपेक्षा गरिएको छ। साथै भ्रमण टोलीमा विदेशमन्त्री सर्गेई लाभरोभ र उपप्रधानमन्त्री अलेक्ज्यान्डर नोभाक पनि रहनेछन्। 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »