धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट जनमत पार्टीका प्रतिनिधिसभाका उम्मेदवार गोपाल प्रसाद साहले मधेससंग विभेद भईरहेको र त्यो विभेद अन्त्य गर्ने क्षमता जनमत पार्टी संगै रहेको घरदैलोको क्रममा बताएका छन् । नगराइन नगरपालिकाको विभिन्न वडामा घरदैलोको क्रममा मधेससंग अन्याय गरेका पार्टीहरुलाई चिन्न आग्रह गरे । साहले क्षेत्रको विकासका लागि सोचेर मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।
धनुषा क्षेत्र नं. ३ बाट पटक पटक जितेर मन्त्रीहरू बने पनि विकास हुन नसकेको बताउदै उनले परिवर्तनको पक्षमा जनमत पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् ।
उनले मधेशी जनताको हितकालागि आफू चुनावी मैदानमा उत्रिएको बताए । उनले स्वदेशमै रोजगारको अवस्था सृजना गरी युवालाई विदेशिनबाट बचाउने पनि प्रतिबद्धता जनाए ।
उनले प्रतिनिधिसभा निर्वाचनको क्रममा समानुपातिमा समेत जनमत पार्टीको पक्षमा मतदान गर्न आग्रह गरे ।
Century Times
