Century Times

म्यान्चेस्टर युनाईटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश, इन्टर मिलान अन्तिम आठमा

म्यान्चेस्टर युनाईटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश, इन्टर मिलान अन्तिम आठमा

काठमाडौं । चर्चित क्लबहरु म्यान्चेस्टर युनाईटेड र इन्टर मिलान युरोपा लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

गएराती भएको राउण्ड अफ सिक्सटिनको खेलमा अष्ट्रियाको लास्कलाई २–१ ले हराउँदै इंग्ल्याण्डको म्यान्चेस्टर युनाईटेड क्वाटरफाइनलमा उक्लेको हो ।

पहिलो लेगमा ५–० को जित निकालेको म्यान्चेस्टर युनाईटेडले हिजोको जितपछि समग्रमा खेल ७–१ ले आफ्नो पक्षमा पार्‍यो ।

गएराती स्पेनको गेटाफेलाई २–० ले हराउँदै इटालीको इन्टर मिलान पनि क्वाटरफाईनलमा पुगेको छ ।

गएरातीका अन्य खेलहरुमा जर्मनीको वुल्फवर्गलाई ३–० ले हराउँदै युक्रेनको शख्तर डोनेत्स्क तथा टर्कीको इस्तानबुल बासाक्सेरलाई ३–० ले पाखा लगाउँदै डेनमार्कको एफ.सी कोपनहेगन पनि क्वाटरफाईनलमा उक्लिएका छन् ।

Source:imagekhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »