Century Times

धनुषा–३ मा समृद्धिको नारा लिएर महतोको चुनावी अभियान

धनुषा–३ मा समृद्धिको नारा लिएर महतोको चुनावी अभियान

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी प्रचारप्रसार तीव्र बन्दै जाँदा एमालेकी प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुलीकुमारी महतोले आफ्नो अभियानलाई थप सक्रिय बनाएकी छन् ।

शुक्रबार नगराइन नगरपालिका–४ फुलगामामा घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले विकास र समृद्धिको स्पष्ट दृष्टिकोण तथा कार्ययोजना एमालेसँग मात्र रहेको दाबी गरिन् । ‘सुखी नेपाली, समृद्ध नेपाल’ नाराले नागरिकको जीवनस्तर उकास्ने दीर्घकालीन लक्ष्य बोकेको उनको भनाइ थियो ।

महतोले मुलुकलाई आर्थिक तथा भौतिक विकासको मार्गमा अघि बढाउन एमाले नेतृत्व आवश्यक रहेको उल्लेख गरिन् । धनुषासहित समग्र मधेश प्रदेशको विकासका लागि पार्टीसँग ठोस तथा व्यवहारिक योजना रहेको उनले बताइन् ।

संविधान निर्माण, लोकतन्त्रको संस्थागत विकास र राष्ट्रिय स्वाभिमानका सवालमा एमालेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले राष्ट्रिय हितमा अडिग रहने दल एमाले मात्र भएको जिकिर गरिन् ।

घरदैलो अभियानका क्रममा मतदाताबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको दाबी गर्दै महतोले जनविश्वास नै आफ्नो मुख्य शक्ति भएको प्रतिक्रिया दिइन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »