Century Times

हङकङमा व्यवसाय गर्ने बुद्ध गुरुङको काठमाडौंमा निधन

हङकङमा व्यवसाय गर्ने बुद्ध गुरुङको काठमाडौंमा निधन

बुद्ध गुरुङ

हङकङमा रहेर व्यवसाय गर्दै आएका बुद्ध गुरुङको शनिबार* बिहान काठमाडौंमा निधन भएको छ।

परिवार तथा निकटका साथीहरूका अनुसार मुटु रोगी ५४ वर्षीय गुरुङलाई पछिल्लो समय अन्य रोगले पनि च्यापेको थियो। उपचारकै क्रममा शनिबार बिहान काठमाडौंमा उनको निधन भएको हो।

पुख्र्यौली घर कास्कीको पोखरा १० ल्वांग मर्दीखोलामा रहेका गुरुङ लामो समयदेखि हङकङको जोर्डन क्षेत्रमा स्थायी रुपमा बसोबास गर्दै आएका थिए। ल्वांग मर्दीखोला गाउँका रुपमा चिनिने यो पोखराको औधोगिक क्षेत्र हो।

मिलनसार व्यक्तिको परिचय बनाएका गुरुङ हङकङको मर्दीखोला सेवा समिति कास्कीको उपाध्यक्ष थिए। केही वर्षअघि उनी एनआरएनए हङकङमा पनि सक्रिय रुपमा सहभागी भएका थिए।

Source:nepalkhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »