Century Times

मुस्लिम समाज सुधार को पहिलो बार्षिक साधारण सभा सम्पन्न भयो

२०७७/१०/१८
मुस्लिम समाज सुधार नेपाल संस्था प्रदेश नं २का धनुषा जिल्ला जनकपुर मुस्लिम युवाहरु जो कतारमा गएर काम गरिरहेका छन् , वहाँहरुले मुस्लिम समाज सुधार संस्था स्थापना गरेका छन्।यस संस्थाको मुख्य उद्देश्य नै गरिव ,दीन,दुखी , अपाङ्ग , अनाथ, असाह्य , अति बिपन्न परिवारका बालबालिकाहरुको शिक्षादीक्षा,बिहे लगायत हाम्रो समाजमा रहेका दलित ,आदिवासी जनजाति,मुस्लिम ,महिला , पिछडावर्ग, सीमान्तकृत समुदाय ,पछाडि परेका समुदायको उत्थान तथा विकासको लागि खोलिएको संस्था हो।कुनै पनि समुदायलाई कुनै पनि किसिमको भेदभाव नगरि समाजमा”मानवको सेवा नै ठूलो धर्म हो र मानिस कर्मले महान बनिन्छ “भन्ने नाराका साथ जनकपुरका मुस्लिम युवाहरु विदेश मा “मुस्लिम समाज सुधार नेपाल संस्थालाई स्थापना गरेका छन् जो प्रशांसायोग्य रहेका छन्।यस संस्थामा संलग्न युवाहरुले आफ्नो कमाइको केही रकम संस्थामा जम्मा गरेर”देश , समाज र जनताको सेवाका लागि राखेका छन्।उनीहरुले देश र समाजप्रति आफ्नो कर्तव्य, जवाफदेहीता,समतामूलक समाज र नयाँ नेपालको निर्माण मा मुस्लिम समाज सुधार नेपाल लागि परेका छन्। हिमाल, पहाड र तराई/मधेश का जनताहरुलाई “नेपालीपनको नाताले यस “मुस्लिम समाज सुधार नेपाल संस्थाले देश र जनताको हितमा हरहमेशा अग्रसर रहनेछन् यसका साथै देशको स्वाभिमान, स्वतन्त्रता , सार्वभौमसत्ता र पहिचानको रक्षाको लागि लागि मुस्लिम समाज सुधार नेपाल संस्था हरहमेशा तयार रहनेछन् ।

मिति २०२१ जनबरी २९ गते शुक्रबार मुस्लिम समाज सुधारको पहिलो बार्शिक साधारण सभा सम्पन भयो । दिनको १ बजे बाट सुरु भएको यो सभामा (रजाबुल्ला साफी) ले सुवागत मन्तव्य दिनु भएको थियो । समाजका अध्यक्ष (इसराफिल कबारी) को अध्यक्षमा भएको यो समान संस्थाको बारषिक पर्गती परतिबेदन समाजका सचिब (आसिफ साफीले)परस्तुत गर्नु भएको थियोे गरिब तथा बेसहाराको मदत गर्नेछ उदेश्यले खोलिएको यो संस्थामा सामिल भइ सहयोग गर्नु हुन हामी सम्पुर्ण साथीहरूलाई हार्दिक अपिल गर्दछौं २०२० मा यो संस्थाले गरिब को हकमा (६ लाख रुपैयाँ )सहयोग पर्दान गरिएको छ अगामी दिनहरुमा पनि यस्तै यस्तै सहयोग गर्ने अपेक्षा हामीले गरेका र्छौं २०२० मा यो संस्थाले १४ परिवार लाई राहत पुरयाएको छ।। यस सभाले यस संस्थामा आबद्ध सम्पुर्ण सदस्यहरुलाई सम्मान पत्र गर्यो भने संस्थालाई अत्यन्तै मिहिनेत गरि अगाडि बढाउन विशेष भुमिका निर्वाह गर्ने (अब्बुबकर सिद्दिकी ) आसिफ साफी करिम कबाडी अखतर राईन जाहिद अन्सारी तथा आमिन राईन लाई बिशेष पुरस्कार सम्मान गरिएको थियो अन्त्यका मुस्लिम समाज सुधार को परगतिको लागी हामी कामना गर्दछौं (उपाध्यक्ष रजाबुल्ला साफी)Helping Needy Without Being Greedy

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »