काठमाडौं । सत्तारुढ पाँच पाँचदल स्थानीय तहको निर्वाचनमा तालमेल गर्न सहमत भएका छन् । त्यसका लागि हरेक पालिकाका दलहरुको शक्ति आकलन गर्न प्रदेश, जिल्ला र पालिकास्तरमा संयन्त्र बनाउने निर्णय भएको छ ।
सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले स्थानीय आवश्यकताअनुसार गठबन्धनमा रहेका अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेपछि सत्तारुढ पाँच दलको बैठक पहिलो पटक बिहीबार बसेको थियो । बालुवाटारमा बसेको बैठकको सुरुमै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मिलेर चुनावमा जाने प्रस्ताव राखे ।
सत्तारुढ दलका अरु नेताहरुले पनि त्यसमा सहमत भएपछि चुनावमा तालमेल गर्ने निर्णय भएको छ ।
राष्ट्रिय सभा चुनावमा भएको जस्तै तालमेल स्थानीय तह चुनावमा पनि हुने जानकारी दिए । उनले भने, ‘पाँच दलीय गठबन्धन एक ठाउँमा उभिएर स्थानीय निर्वाचनको सामना गर्छ ।’
बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए ।
चुनावी तालमेलका बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने सहमति भएको उनले बताए ।
Century Times
