महोत्तरी ,२०७८/१२/३०
महित्तरीको मनरा सिस्वा नगरपालिका को नगर प्रमुख पद मा जनता समाजवादी पार्टीका युवा नेता मुन्जय राउतले उम्मेदवारी को घोषणा गरेका छन।

बिगत केही महिना देखी उक्त नगरपालिकामा नेता राउतको उम्मेदवारी माथी चर्चा परिचर्चा चली रहेको थियो। सोही चर्चा परिचर्चाको आधारमा नेता राउत संग संवाद पनि भएको थियो तर जनताका इक्षा र चाहना भए मात्र म मेयर पदमा उम्मेदवारी दिने छु भन्ने कुरा नेता राउत ले बताएका थिए।
हाल मेरा नगरका जनताहरु म माथी विस्वास गरेर मलाई नगर प्रमुख पदमा उम्मेदवारी दिन प्रोत्साहित गरेका हुनाले मैले मनरा सिस्वा नगरपालिका को मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेको छु भन्ने कुरा नेता राउत ले बताएका छन।नेता राउतले यस निर्वाचनमा आफ्ना नगरका जनताहरु प्रती वफादार रही निस्वार्थ रुप ले नगरको विकास र समृद्धि प्रती प्रतिबद्धता पनि जनाएका छन।
Century Times
