Century Times

नापी कार्यालयका सर्भेक्षक १ लाख घुससहित समातिए

नापी कार्यालयका सर्भेक्षक १ लाख घुससहित समातिए

नापी कार्यालय कलंकीका सर्भेक्षक १ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाईलाई पक्राउ गरेको हो । 

यस्तै टोलीले ‘राजधानी लेखापढी सेवा’का लेखापढी कर्मचारी नेत्रमणि पोखरेललाई पनि पक्राउ गरेको छ ।

दुई जना मिलेर जग्गा हालसाबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका अख्तियारको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो । 

चौलागाई र पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालयबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »