Century Times

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आईतबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आईतबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव फागुन ६ गते आइतबार विश्वासको मत लिनुहुने भएको छ । 

प्रदेश सभाले आइतबार दिउँसो २ बजे बस्ने गरी आज बैठक बोलाएको छ । 

यता शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले तत्काल विश्वासको मत गठबन्धनले मुख्यमन्त्री यादवलाई दिने निर्णय भएको नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिनुभयो ।

मधेश प्रदेश सभामा अहिले कायम रहेको १ सय ७ प्रदेशसभा सदस्यमध्ये प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका २३, नेपाली काँग्रेसका २२, जनता समाजवादी पार्टीका १८, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेकपा माओवादी केन्द्रका ९ र नेकपा एकीकृत पार्टीका ७, स्वतन्त्रका ३, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीका १ जना सदस्य रहेका छन् । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »