Century Times

आईपीएल : लखनउले बेंगलुरुलाई २८ रनले हरायो

आईपीएल : लखनउले बेंगलुरुलाई २८ रनले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्टस्ले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)लाई हराएको छ । गएराति भएको खेलमा लखनउले बेंगलुरुलाई  २८ रनले हराएको हो ।

१ सय ८२ रनको लक्ष्य पछ्याएको बेंगलुरुले १९ ओभर ४ बलमा १ सय ५३ रन मात्र बनाउन सक्यो । बेंगलुरुका महिपाल लोम्रोरले सर्वाधिक ३३ रन बनाए । यस्तै रजत पतिडरले २९ तथा विराट कोहलीले २२ रन जोडे ।  लखनउका मयंक यादवले ३ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । लखनउका लागि ओपनर क्विन्टन डीककले सर्वाधिक ८१ रन बनाए । बेंगलुरुको यो तेस्रो हार हो भने लखनउको तीन खेलमा दोस्रो जित हो । बेंगलुरु ४ खेलमा २ अङ्क सहित नवौं स्थानमा छ  भने लखनउ ३ खेलमा ४ अङ्क सहित चौथो छ ।

आईपिएलमा आज दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »