Century Times

धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः अशोक चौधरी निर्वाचित

धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः अशोक चौधरी निर्वाचित

धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः अशोक चौधरी निर्वाचित भएका छन् ।

शनिवार जनकपुरधामको जनकपुरधाम उद्योग बाणिज्य संघमा भएको निर्वाचनमा मतदानबाट चौधरी २ सय ३९ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी रमेश कुमार यादवले लोकप्रिय १ सय ७५ मत पाएका छन् ।

त्यसै गरि उपाध्यक्षमा जय प्रकाश साह (पप्पु) १ सय ३९ मत ल्याएर विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी विकास कुमार साहले १ सय १८ मत पाएका छन् । महासचिवमा रुपेश सिंह मुन्ना १ सय ३४ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वीको रुपमा राजेश दास काले १ सय १ मत पाएका छन् । सचिवमा मनोज कुमार साह २ सय ८ र कोषाध्यक्षमा लक्ष्मण कुमार यादव १ सय ६४ मतका साथ विजयी भएका छन् ।

त्यस्तै सदस्यहरुमा राजिव कुमार साह २ सय ११, दिपक यादव १ सय ९८ र कमलेश कुमार जयसवाल १ सय ८४ मतका साथ विजयी भएका हुन ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »