Century Times

नेपालमा विश्वस्तरीय डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता

नेपालमा विश्वस्तरीय डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता

बीएलसी ग्रुप नेपाल र योटा डाटा सर्भिस इन्डियाबीच नेपालमा डाटा सेन्टर स्थापनाको लागि समझदारीमा हस्ताक्षर भएको छ।

आज सुरु भएको लगानी सम्मेलनका क्रममा यो समझदारी भएको हो।

डाटा सेन्टर, क्लाउड सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवाको लागि दुईपक्षीय सम्झौता भएको हो। बीएलसी ग्रुपको अध्यक्ष वसन्त चौधरी रहेका छन्। योटा डेटा सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ता र बीएलसी ग्रुपकी निर्देशक मेगा चौधरीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

डाटा सेन्टर स्थापनाको लागि करिब ३ अर्ब रुपैयाँ लाग्ने बताइएको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »