Century Times

आईपीएल : कोलकाताले दिल्लीलाई ७ विकेटले हरायो

आईपीएल : कोलकाताले दिल्लीलाई ७ विकेटले हरायो

 इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ । एक सय ५४ रनको लक्ष्य कोलकाताले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍याे। कोलकाताका फिल साल्टले ६८ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो । दिल्लीका कुलदिप यादवले सबैभन्दा धेरै ३५ रन बनाए । ९ खेलमा ६ खेल जितेको कोलकाता १२ अङ्कसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १६ अङ्क छ । ११ खेल खेलेको दिल्ली १० अङ्कसहित छैटौँ स्थानमा छ ।

आईपीएलमा आज लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबीच खेल हुनेछ । लखनउमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।  

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »