नेकपा एमाले र माओवादी केन्द्रले मधेस प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएका छन् ।
मधेस भवनस्थित मुख्यमन्त्री निवासमा पुगेर एमालेका चार जना मन्त्री र दुई राज्यमन्त्रीले आइतबार अपराह्न पदबाट राजीनामा बुझाएका हुन्।
एमाले संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी गृह तथा सञ्चार, प्रमोद जयसवाल शिक्षा तथा संस्कृति र शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए। त्यसैगरी केशव राय र शारदादेवी थापा राज्यमन्त्री थिए।
जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठनका लागि यसअघि आइतबार नै नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरूले राजीनामा बुझाएका थिए। माओवादी केन्द्रबाट दुई जना मन्त्रीले राजीनामा दिनुभएको छ । मधेश प्रदेश सरकारमा सहभागी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री यूवराज भट्टराई र वन तथा वातावरण मन्त्री भरत प्रसाद साहले मुख्यमन्त्री सरोज कुमार यादवलाई आज राजीनामा पत्र बुझाउनुभएको हो ।
Century Times
