Century Times

आईपीएल : आज बेंगलुरु र चेन्नई खेल्दै

आईपीएल : आज बेंगलुरु र चेन्नई खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र चेन्नई सुपर किंग्स खेल्दैछन् । खेल बेंगलुरुमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । चेन्नई १३ खेलमा १४ अङ्कका साथ तालिकाको चौथो र बेंगलुरु समान १३ खेलमा १२ अङ्कका साथ सातौँ स्थानमा छ ।

प्लेअफमा पुग्न दुवै टोलीका लागि यो खेल जित्नैपर्ने अवस्था छ । आज चेन्नईले जित्यो भने १६ अङ्क हुनेछ । लिग चरणको अन्तिम खेलअघि बेंगलुरुलाई शीर्ष ४ मा पुग्न ठुलो जित आवश्यक छ । उसले चेन्नईलाई १८ रन वा ११ बल अगावै जित्नुपर्ने हुन्छ । हिजो भएको खेलमा लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले हरायो । मुम्बईलाई हराए पनि लखनउ प्लेअफमा पुग्न सकेन ।  

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »