Century Times

मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन आह्वान

मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन आह्वान

मदन भण्डारी फाउन्डेसनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८०’ का लागि दरखास्त आह्वान गरेको छ । आगामी असार ५ गतेभित्र फाउन्डेसनमा निवेदन पेस गर्नुपर्नेछ । 

फाउन्डेसनले जारी गरेको सूचनाअनुसार सामाजिक न्याय, पर्यावरण संरक्षण, आर्थिक समृद्धि विभेरदरहित समाज निर्माणका क्षेत्रमा अध्ययन, अनुसन्धान र नवीन प्रयोग गरी समाजमा महत्वपूर्ण योगदान पुर्याएका एक जनालाई पुरस्कार प्रदान गरिनेछ  । पुरस्कारको राशि रु एक लाख र प्रमाणपत्र रहेको छ । 

मदन भण्डारी जन्मजयन्तीका दिन असार १४ गते प्रदान गरिनेछ । फाउन्डेसनले २०६८ सालदेखि समाजमा विशेष योगदान गरेका व्यक्तिलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »