जनता समाजवादी पार्टी नेतृत्वमा रहेको मधेस प्रदेश सरकारका प्रेस सल्लाहकार सीताराम अग्रहरीले राजीनामा दिएका छन् । मधेस सरकारमा आफ्नो क्षमता प्रयोग गर्न नसकेको भन्दै उनले हिजो आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
उनले भनेका छन्, ‘करिब १४ महिनापछि राजीनामा दिएर जनकपुर छाड्दैछु । आफैसँग खुसी छैन, दुःख लाग्दछ सोचेको केही हुन सकेन । मेरो क्षमताको एक अंश पनि उपयोग हुन सकेन ।’
गोरखापत्रका पूर्वप्रधान सम्पादक समेत रहेका अग्रहरीले आफू त्यहाँ रहँदा सरकारले कुनै पनि सल्लाह नलिएको र आफूले दिँदा पनि त्यसको कुनै कार्यान्वयन नभएको उनले बताए ।

Century Times
