मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद सम्हाले संगै विभिन्न निर्णयहरु गरेका छन् ।
शुक्रबार पदभार ग्रहण गर्दै उनले संघीयता र गणतन्त्रका संस्थापक नेताद्वय गजेन्द्रनारायण सिंह तथा रामराजाप्रसाद सिंह लक्षित कार्यक्रम ल्याउने, मधेशका १३६ पालिकाका सबै वडामा बाँझो जग्गा उपयोग गर्न नमूना कृषि विकास मोडन लागू गर्दै एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने निर्णय गरेका छन्।
यस्तै उनले मधेशका हरेक जिल्लामा नमूनाको रुपमा एकएक खुल्ला शैक्षिक पार्क तयार गर्ने, मधेशको तथ्याङ्कलाई भरपर्दो बनाउन आफ्नै डिजिटल तथ्याङ्क बैंक स्थापना गर्ने, बैदेशिक रोजगारीबाट फर्केकाहरूलाई श्रम बैंकको रुपमा उपयोग गरी सीप र रोजगारको विकास गर्ने निर्णय गरेका छन्।
साथै मधेशमा लगानी सम्मेलनको आयोजना गर्ने, खोजमुलक पत्रकारिता प्रर्वद्वनका गर्दै प्रदेशमा मिडिया साझेदारी कार्यक्रम गर्ने र दर्ता भएका मिडियामा काम गर्ने पत्रकारहरुको दुर्घटना बीमा गर्ने, मधेशमा गौरवको आयोजनाका रुपमा खेलकुदको रंगशाला निर्माण गरी प्रदेशस्तरीय खेलाडीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री सिंहले बताए।
आउन लागेको नीति तथा कार्यक्रममा यि विषयहरु समेटिने उनले जानकारी दिए। संघीयतामाथि भइरहेका प्रहार र भ्रष्टचार न्युनिकरण आफ्नो पहिलो प्राथमिकता रहने पनि उनले बताए।
उनले सबै दललाई मिलाएर यि कामहरु गर्न आफू केन्द्रित हुने बताए।
Century Times
