Century Times

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनामा दोस्रो चरणको काम धमाधम

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनामा दोस्रो चरणको काम धमाधम

नेपाल आयल निगमले आउँदो भदौ मसान्तभित्रै पेट्रोल, मट्टीतेललगायत पेट्रोलियम पदार्थ पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टीतेल पाइप लाइनबाटै ल्याउने निगमको तयारी छ ।

नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणअन्तर्गतका मुख्य ट्याङ्क निर्माण सकिएकाले अन्य प्राविधिक कामलाई तीन महिनाभित्रै सम्पन्न गरेर पेट्रोल–मट्टीतेल पाइप लाइनबाट ल्याइने बताउनुभयो । परियोजनाको दोस्रो चरणअन्तर्गत ४१ सय किलोलिटर क्षमताका दुई वटा पेट्रोलका ट्याङ्क निर्माण गर्नुपर्ने थियो । अहिलेसम्म दुई वटै ट्याङ्क निर्माणको काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख उपाध्यायले पेट्रोलियम पदार्थको भण्डारणसँग जोड्ने पाइप लाइन जडान कार्य भइरहेको छ । पेट्रोल पाइप लाइनबाट ल्याउँदा ढुवानी खर्चमा प्रतिलिटर तीन रुपैयाँ कम हुने उहाँको भनाइ छ । निगमले अहिले पेट्रोल तथा मट्टीतेल भारतको बरौनीबाट ट्याङ्करबाट ल्याउँदै आइरहेको छ । डिजेल भने पाइप लाइनबाटै भित्रिने गरेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »