Century Times

एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने

एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीहरूले अनलाइनबाटै पुनर्योग निवेदन दिन सक्ने भएका छन् ।

कार्यालयमा विद्यार्थीको चाप घटाउनका लागि यस वर्षदेखि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था मिलाएको राष्ट्रिय परीक्षा बोर्डका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै अनलाइनमा कसैको नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्रको प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाइ विभागमा सिधै निवेदन दिन पनि सकिने व्यवस्था गरेको अध्यक्ष शर्माले बताउनुभयो ।

गएको चैत १५ गतेदेखि शुरु भएको परीक्षाको नतिजा आज सार्वजनिक भएको हो । परीक्षामा सहभागीमध्ये ४७ दशमलव ८६ प्रतिशत अर्थात् दुई लाख २२ हजार चार सय ७२ जना मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।

परीक्षामा सहभागी चार लाख ६४ हजार सात सय ६५ जना सहभागी भएका थिए । ‘एनजी’ अर्थात ‘ननग्रेडिङ’ हुने दुई लाख ४२ हजार तीन सय १३ जनामध्ये बढीमा दुई विषयमा ‘एनजी’ हुने एक लाख १५ हजार आठ सय ३४ जना आउँदो साउन १८ र १९ गते हुने ‘ग्रेड’ वृद्धि परीक्षामा सहभागी हुन पाउने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

एक महिनामै नतिजा प्रकाशन हुने भएकोले उनीहरू ‘ग्रेडिङ’ भएमा यही वर्ष कक्षा ११ मा भर्ना हुन पाउँछन् । दुईभन्दा बढी विषयमा ‘ननग्रेडिङ’ मा पर्ने एक लाख २६ हजार चार सय ७९ जना विद्यार्थीले भने आउँदो वार्षिक परीक्षामा सहभागी हनुपर्नेछ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »