Century Times

आईसीसी टी-२० विश्वकप : आज भारत र दक्षिण अफ्रिकाबीच उपाधि भिडन्त

आईसीसी टी-२० विश्वकप : आज भारत र दक्षिण अफ्रिकाबीच उपाधि भिडन्त

आईसीसी टी-२० विश्वकप क्रिकेटमा शनिवार उपाधि भिडन्त हुँदैछ। अहिलेसम्म एक खेल पनि नहारेको भारत र दक्षिण अफ्रिकाबीच उपाधि भिडन्त हुन लागेको हो। 

वेष्ट इण्डिजको बार्बाडोसको केन्सिङ्टन ओभल स्टेडियममा नेपाली समयअनुसार  बेलुकी सवा ८ बजे हुने फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान छ । दक्षिण अफ्रिका चोकरको दाग मेटाउँदै पहिलो पटक विश्वकपको फाइनल पुगेको हो भने भारत पनि १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा पुगेको हो । 

सन् २००७ मा टी–२० विश्वकपको उपाधि उचालेको भारतलाई १७ वर्षपछि इतिहास रच्ने सुनौलो मौका पनि छ । पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले पहिलोपटक विश्वकपको सेमिफाइनल खेलेको अफगानिस्तानलाई हराउँदै फाइनले यात्रा तय गरेको हो । 

सन् २०२२ को सेमिफाइनलमा इंग्ल्याण्डसंग भोगेको हारको बदला लिँदै भारत फाईनलमा पुगेको हो । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »