Century Times

किसानका लागि आवश्यक मलको व्यवस्था हुन्छ : प्रधानमन्त्री दाहाल

किसानका लागि आवश्यक मलको व्यवस्था हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले किसानलाई मलको अभाव हुन नदिने बताएका छन्।

प्रधानमन्त्री दाहालले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर शनिवार चितवनको रत्ननगरस्थित बछौलीमा आयोजित कार्यक्रममा बोल्दै उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। गत वर्ष पनि मलको धेरै हाहाकार नभएको दाबी गर्दै उनले यो वर्ष पनि मलको आवश्यक व्यवस्था हुने बताए।

उनले वितरण प्रणालीमा समस्या हुँदा मलको अभाव भएजस्तो देखिएको उल्लेख गर्दै अब त्यस्तो समस्या आउन नदिने बताए। प्रधानमन्त्री दाहालले खेतीबालीका लागि आवश्यक बीउविजनको व्यवस्था गर्न पनि सरकार लागि परेको बताए।

उनले चितवनको खेतीबालीका लागि आवश्यक सिँचाइको व्यवस्था गर्न त्रिशूली नदीको पानी टनेल खनेर शक्तिखोर पुर्‍याउने विषयमा पनि सरकारले छलफल शुरु गरेको बताए।

प्रधानमन्त्री दाहालले भने,  ‘हामी कृषि दशक घोषणा गरेको सन्दर्भमा यहाँ केन्द्रित छौं। खेतीबाली विकासका निम्ति अनिवार्य तत्त्वमध्ये महत्त्वपूर्ण सिँचाइ हो। दोस्रो चाहिँ आवश्यक तत्त्व मल नै हो। मलको उचित व्यवस्थापनले मात्रै उत्पादन वृद्धिलाई मद्दत गर्नसक्छ। यो वर्ष पनि मलको व्यवस्था हुन्छ।’

प्रधानमन्त्री दाहालले सरकारले खेतीबालीका लागि सिँचाइको अभाव हुन नदिने काममा विशेष ध्यान दिएको पनि बताए।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »