Century Times

सुनको भाउ अहिलेसम्मकै उच्च

सुनको भाउ अहिलेसम्मकै उच्च

सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ ।

आज सुनको भाउ पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार चार सय रुपैयाँ थियो । यसअघि सुनको भाउ यही साउन २ गते अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार आठ सय रुपैयाँसम्म पुगेको थियो ।

आज चाँदीको भाउ भने पाँच रुपैयाँ घटेर तोलाको एक हजार सात सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »