Century Times

मधेसी आयोगको छैटौँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस, आरक्षणको नीति परिमार्जन गर्न सिफारिस

मधेसी आयोगको छैटौँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस, आरक्षणको नीति परिमार्जन गर्न सिफारिस

मधेसी आयोगको छैटौँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरिएको छ । राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहबिच आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आर्थिक वर्ष २०८०–८१ मा आयोग द्वारा सम्पादित कार्य र सिफारिस सहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेका हुन्  ।

सो प्रतिवदन मार्फत आयोगले हाल रहेको आरक्षणको नीतिलाई परिमार्जन गर्न सिफारिस गरेको छ । आयोगले राज्यको मूल प्रवाहमा ल्याउन मधेसी समुदायका पछाडि परेका जातजाति र वर्गको घरदैलो सर्वेक्षण गराई जातजातिको लागि ६० प्रतिशत र वर्गको लागि ४० प्रतिशत वर्गीकरण गरी आरक्षणको नीति परिमार्जन गर्नको लागि राज्यलाई आवश्यक प्रक्रिया अगाडी बढाउन सिफारिस गरेको हो । 

आयोगले सप्तरीमा रहेको सखडेश्वरी भगवती लाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न समेत सिफारिस गरेको छ । आयोगले आफ्नो प्रतिवेदन मार्फत ०६३–६४ पछि भएका धार्मिक द्वन्द्वहरुको सत्य तथ्य पता लगाउन यथाशीघ्र उच्चस्तरीय न्यायिक आयोगको गठन गर्न पनि राज्यलाई सिफारिस गरेको छ । आयोगले मधेस दिवस मनाउन तिथिहरू समेतको प्रस्ताव अगाडि सारेको छ ।

आयोगका अध्यक्ष डाविजयकुमार दत्तले आयोगले यस प्रतिवेदन मार्फत सरकारलाई ४४ वटा विषयमा महत्त्वपूर्ण सिफारिस गरेको बताएका छन् । अध्यक्ष दत्तले आयोगमा गत आर्थिक वर्षमा दर्ता भएका उजुरीहरू उपर आयोगले तुरुन्त कारबाहीको लागि प्रक्रिया अगाडि बढाएको समेत जानकारी दिए । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »