Century Times

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

परराष्ट्रमन्त्री आरजु राणा (देउवा) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् । सोमबार नयाँदिल्लीमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री राणाले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी हुन् ।

परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री मोदीसँगको भेटवार्ताले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा लिएको बताएकी छन् । 

नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीका तर्फबाट शुभकामनासमेत सुनाउनुभएको उल्लेख छ । मोदीले निमन्त्रणाप्रति धन्यवाद व्यक्त गर्दै चाँडै नै नेपाल भ्रमणमा आउने इच्छा व्यक्त गर्नुभएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »