Century Times

काठमाण्डौं जाँदै गरेको बस अनियन्त्रित भई पल्टियो,१५ जना यात्रु घाइते

काठमाण्डौं जाँदै गरेको बस अनियन्त्रित भई पल्टियो,१५ जना यात्रु घाइते

भरतपुर-२९ घुमाउनेमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा १५ जना यात्रु घाइते भएका छन्।

बिहान सवा ७ बजेतिर नारायणघाट-मुग्लिन सडकको घुमाउनेमा बस डिभाइडरमा ठोक्किएको थियो।

महेन्द्रनगरबाट काठमाण्डौं जाँदै गरेको सु.प्र.प्र.०२-००१ ख १३३२ नम्बरको बस दुर्घटनामा घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको डिएसपी भेषराज रिजालले जानकारी दिए।

घाइतेहरू १५ जनालाई चितवन मेडिकल कलेजमा उपचारका लागि पुर्‍याइएको छ।

दुर्घटनापछि सडक एकतर्फी सञ्चालन भइरहेको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »