Century Times

भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने

भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने

डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बंगलादेश साफ यु–२० च्याम्पियनसिपको फाइनल प्रवेश गर्न सफल भएको छ ।

सोमबार सातदोबाटोस्थित मैदानमा भएको खेलको छिनोफानो पेनाल्टी सुटआउटमा हुँदा बंगलादेशले भारतलाई ४-३ गोलले हराएको हो । यसअघि खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो ।

यससँगै यस संस्करणले नयाँ च्याम्पियन पाउने भएको छ। गत संस्करणमा भारतले पेनाल्टी सुटआउटमा बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो।

उक्त हारको बदला पनि बंगलादेशले लिएको छ । अब बुधबार हुने उपाधि भिडन्तमा नेपाल र बंगलादेश भिड्ने भएका छन् ।

नेपालले आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमै हराउँदै फाइनल यात्रा तय गरिसकेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »