Century Times

संविधान संशोधन गरेर पुग्दैन, पुनर्लेखन गर्नुपर्छ: राजेन्द्र महतो

संविधान संशोधन गरेर पुग्दैन, पुनर्लेखन गर्नुपर्छ: राजेन्द्र महतो

नवघोषित दल राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन गरेर नपुग्ने, पुनर्लेखन नै गर्नुपर्ने बताएका छन्।

बिहीबार (आज) आफ्नो फेसबुक पेजमार्फत प्रेस विज्ञप्ति जारी गर्दै उनले विभिन्न प्रश्नहरु उठाउनुका साथै आजको दिनलाई विरोध दिवसको रुपमा मनाउन आह्वान गरेका छन् । सिमांकन हेरफेर, नागरिकताको समस्या समाधान, समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, राष्ट्रिय सभामा जनसंख्याको आधारमा प्रतिनिधित्व, विभिन्न राष्ट्रिय भाषामा सरकारी कामकाज, अविशिष्ट अधिकार प्रदेशलाई, स्थानीय तह दलविहीन, परिभाषामा सवै राष्ट्रियता समेट्नुपर्ने, अधिकार सम्पन्न प्रदेश, प्रस्तावना सच्याउनुपर्ने लगायत मधेसका मुद्दा थाती नै रहेकाले संविधानको पुनर्लेखनको खाँचो औंल्याएका हुन्। उनले २०७२ असोज ३ गते संविधान जारी भइरहँदा एकातिर हर्ष उल्लास र अर्कोतिर मधेसमा दमन गरिएको बताएका छन्।

‘त्यसकारण आधा देशमा ब्ल्याक आउट गरिएको थियो। अर्थात् अहिलेको संविधान रक्तरंजित संविधान हो। आज हाम्रो अस्तित्व अस्वीकार गरेको दिन, हक अधिकार खोसिएको दिन, सहिदहरूको अपमान गरिएको दिन, शान्तिपूर्ण आन्दोलन अस्वीकार गरेको दिन, सहिदको वार्षिकी रहेको दिन त्यसकारण कसरी संविधान दिवस स्वीकार गर्न सकिन्छ?,’ उनले प्रश्न गरेका छन्। 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »