Century Times

देशभर मनुसनी वर्षा, यी स्थानमा ठूलो पानी पर्ने

देशभर मनुसनी वर्षा, यी स्थानमा ठूलो पानी पर्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर मनसुनी वर्षा भइरहेको छ । आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा ठूलो वर्षाको हुने महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा ठूलो र एकदुई स्थानमा अति ठूलो वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आजराति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ । विभागका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ । विभागले केही स्थानमा ठूलो तथा अति ठूलो वर्षा तथा हावाहुरीकोसमेत सम्भावना रहेको उल्लेख गरेको छ ।

आगामी २४ घण्टामा देशका अधिकांश भूभागमा वर्षा जारी रहने भएकाले ती क्षेत्रमा बढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिको सम्भावना रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »