Century Times

बाढीपहिरो : पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान

बाढीपहिरो : पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले हालै गएको बाढीपहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने देखिएको बताउनुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको आज बसेको बैठकमा बोल्दै उहाँले व्यक्तिका घर तथा सार्वजनिक सडकमा पुगेको क्षति पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताउनुभयो ।

मन्त्री दाहालले बाढी पहिरोका कारण अवरुद्ध भएका राजमार्ग खुलाउन काम तीव्ररुपमा भइरहेको र यसका लागि भाडामा निजी निर्माण उपकरण लिएर समेत काम भइरहेको जानकारी दिनुभयो ।

उहाँले हवाई जहाज कम्पनीले अत्याधिक भाडा लिएको गुनासो आएको र त्यसो नगर्न आग्रह गरेको बताउनुभयो । बैठकमा सांसद्हरुले छिटोभन्दा छिटो राजमार्ग खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »