Century Times

जनकपुरधाममा झिझिया महोत्सव हुने

जनकपुरधाममा झिझिया महोत्सव हुने

नव मिथिला फाउण्डेसनको आयोजनामा जनकपुरधाममा झिझिया महोत्सव हुने भएको छ । विजय दशमीको अवसर पारेर असोज २३ गते बुधबार झिझिया महोत्सवको आयोजना गर्न लागिएको नव मिथिला फाउण्डेसनले जनाएको छ ।

मिथिलाको लोक संस्कृति, लोक गायन तथा धार्मिक परम्परालाई बचाउने उद्देश्यले झिझिया महोत्सवको आयोजना गर्न लागिएको फाउन्डेसनका अध्यक्ष अमित साहले जानकारी दिए ।

अध्यक्ष साहका अनुसार पाँच सय जना टाउकोमा झिझियाको घैँटो राखेर झिझियाको गीतमा नाच्ने योजना समेत रहेको छ । महोत्सवमा झिझियाको विगत, वर्तमान र भविष्यबारे चर्चा–परिचर्चा समेत गरिने छ । झिझियाको विषयमा मन्थनका लागि सत्रको आयोजना गरिने छ जसमा दुईजना दलित अगुवाले आफ्ना मन्तव्य राख्नेछन् ।

विगत ६ वर्षदेखि जनकपुर साहित्य महोत्सवको आयोजना गर्दै आएको फाउण्डेसनले यस वर्ष दोस्रो पटक झिझिया महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष साहले बताए ।

महोत्सवमा धनुषाधाम टिम, मिथिलेश्वर झिझिया समूह, मिथिला झिझिया समूह वडा नम्बर २, भोइल झिझिया समूह वडा नम्बर १८,अप्पन मिथिला झिझिया समूह वडा नम्बर ४, जनकपुर युथ बैण्ड, हिमाली इंंगलिश बोर्डिङ्ग स्कुल, जनकपुर एकेडमी स्कुलले झिझिया नृत्य प्रस्तुत गर्नेछ ।

महोत्सवमा गायक ललित कामतको सांगितिक प्रस्तुती समेत रह्ने छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »