Century Times

भारतको चेन्नईमा हवाई प्रदर्शनीका क्रममा चार जनाको ज्यान गयो

भारतको चेन्नईमा हवाई प्रदर्शनीका क्रममा चार जनाको ज्यान गयो

भारतको चेन्नईका रहेको समुद्रको तटीय क्षेत्र मरीनामा आयोजित हवाई प्रदर्शनीका क्रममा चार जनाको ज्यान गएको छ ।

भारतीय वायुसेनाको ९२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको हवाई प्रदर्शनी हेर्न लाखौँ मानिस आएका बेला धेरै भिडभाडका कारण  उनीहरुको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

लामो समयसम्म गर्मीमा बसेको र तातो लहरका कारण डिहाइड्रेसन अर्थात् शरीरमा पानीको कमीका कारण अरु २ सयभन्दा धेरै मानिस बेहोस भएका थिए । ९० जनाभन्दा धेरै अस्पतालमा भर्ना भएका खबरमा उल्लेख छ । तमिलनाडुका विपक्षी नेताले यस घटनाको लागि सरकारको आलोचना गरेका छन् । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »