Century Times

लरेन्स विश्नोई समूहले लियो बाबा सिद्दिकीको हत्याको जिम्मा

लरेन्स विश्नोई समूहले लियो बाबा सिद्दिकीको हत्याको जिम्मा

भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्याको जिम्मा लरेन्स विश्नोई समूहले लिएको छ । सामाजिक सञ्जालमार्फत बिश्नोई समूहले नेता सिद्दिकीको हत्याको जिम्मेवारी लिएको हो । 

उक्त समूहले बलिउड अभिनेता सलमान खानलाई सहयोग गर्ने व्यक्तिले आफ्नो हिसाब–किताब गरेर बस्न चेतावनीसमेत दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । विश्नोई समूह बेलाबेला अभिनेता सलमान खानलाई मार्ने धम्की दिँदै आएको छ । 

मुम्बईको बान्द्रामा गएराति आक्रमणकारीले नेता सिद्दिकीमाथि दर्जनौँ गोली प्रहार गरेका थिए । भारतीय सञ्चार माध्यमहरूका अनुसार हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

एक जना फरार रहेका छन् । पक्राउ परेका मध्ये एक उत्तर प्रदेश र अर्का आरोपी हरियाणाका भएको बताइएको छ । सिद्दिकीले महाराष्ट्र विधानसभामा बान्द्रापश्चिमबाट तीन पटक प्रतिनिधित्व गरेका थिए ।

झण्डै पाँच दशक कांग्रेसमा रहेर राजनीति गरेका सिद्दिकी यसै वर्ष कांग्रेस छाडेर राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) प्रवेश गरेका थिए । गोली प्रहारबाट गम्भीर घाइते सिद्दिकीलाई लीलावती अस्पताल लगिएको थियो । तर, चिकित्सकले तत्कालै मृत घोषित गरेका थिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »