Century Times

जनकपुरमा धोती, कुर्ता र सारी जुलुस निकालियो

जनकपुरमा धोती, कुर्ता र सारी जुलुस निकालियो

मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरूले धोती, कुर्ता र सारी जुलुस निकालेका छन् ।

पछिल्लो समय युवाहरूमा मिथिलाको मुख्य पोसाकको रूपमा रहेको धोती कुर्ताप्रति बढ्दै गइरहेको वितृष्णा कम गर्ने उद्देश्यले युवाहरूले जनकपुरधाममा धोर्तीकुर्ता तथा सारी जुलुस निकालेका हुन् । धोती कुर्ता तथा सारी लगाएका सय भन्दा बढी युवा/युवतीले जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा पुगेर मन्दिरको परिक्रमा गरेका हुन् । 

धोर्तीकुर्ता तथा सारी जुलुस अभियानको अगुवाइ गरिरहेका मोहन महतो कोइरीले आफूले यो अभियान विगत ७ वर्षदेखि चलाउँदै आइरहेको र यो अभियान यस पटक प्रत्येक छठ घाटमा लैजाने अभियान रहेको बताए। उनले आउन लागेको मिथिलाको पर्व छठको समयमा धोती कुर्ता लगाएरै छठको घाटमा पुग्न अपिल गरे । युवतीहरूमा सारीप्रति आकर्षण रहेपनि सारी लगाउने तरिकामा आधुनिकताले छोइरहेकोप्रति जुलुसमा सहभागी विनिता महतोले दुःख व्यक्त गरिन् । उनले युवतीहरूलाई पुर्खाले जसरी सारी लगाउन आग्रह समेत गरिन् । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »