जनकपुरधाम | जनकपुरधाममा गुणस्तरीय शिक्षा प्रदान गर्दै गरेका विद्यालय विजडम ट्री इन्टरनेशनल स्कुलमा भव्यताका साथ एक कार्यक्रम राखेर हरितालिका तिज मनाइयो । तिज महिला विशेष पर्व भएको हुनाले यस विद्यालयका सम्पूर्ण महिला अभिभावकहरुलाई आमन्त्रणा गरि स्वगतका साथ तिज पर्वसाग सम्बन्धित नाचगानहरु विद्यार्थीहरुबाट प्रस्तुत गराइएको थियो । उक्त कार्यक्रममा शिक्षिका तथा अभिभावकहरु द्वारा हरितालिका तिजको महत्व धार्मिक तथा पौराणिक इतिहास सम्बन्धि कुराहरु मन्तव्यमा चर्चा गरिएको थियो ।
तिज पर्वको दिन उपवास बसेर मनाइने चलन रहिआएकोले हुनसक्ने शारिरीका कमजोरी परिपूर्तिका लागि केही दिन पहिलेदेखि पौष्टिक तत्व सहितको खानपान सामूहिक रुपमा गरिने विधिलाई दर खानु भनिन्छ र यस पर्वबाट धार्मिक आस्थासागै सामाजिक सद्भाव र नारी सशक्तिकरणमा प्रोत्साहन हुने आदि चर्चा गरिएको थियो ।
सयौा अभिभावकहरु तथा शिक्षक शिक्षिकाहरु सहभागी भएका उक्त कार्यक्रममा मनोरञ्जनात्मक खेलहरु पनि भएको थियो । विद्यालय व्यवस्थापकद्वारा प्रबन्ध मिलाईएको खाजापानीको साथै विद्यालयका प्रिन्सिपलको मन्तव्यबाट कार्यक्रमको समापन भएको थियो ।
