Century Times

विपद्मा मृत्यु हुनेको परिवारलाई प्रदेश सरकारले एक लाख दिने 

विपद्मा मृत्यु हुनेको परिवारलाई प्रदेश सरकारले एक लाख दिने 

असोज ११ र १२ गतेकोे अविरल बर्खाका कारण आएको बाढी, पहिरो तथा डुबानमा परी दुःखद निधन भएकाहरूको परिवारलाई मधेश प्रदेश सरकारले एक लाख रुपैयाँका दरले राहत दिइने मुख्यमन्त्री सतिशकुमार सिँहले जानकारी दिएका छन् ।

उनले विपद्मा ज्यान गुमाउने मृतकप्रति हार्दिक श्रद्धाञ्जली एवम् शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकटसमेत गरेका छन् । मुख्यमन्त्री सिँहले निरन्तर तथा तीव्र बर्खाका कारण बाढी, पहिरो तथा डुबानजन्य विपद्बाट प्रभावित प्रदेशवासीलाई राहत पुर्याउन एकद्वार प्रणाली अवलम्बन गर्न प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । उनले बर्खा तथा बाढीबाट प्रभावित बस्तीमा राहत तथा पुनस्र्थापन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय तहहरूलाई आग्रह गरेका छन् ।

मुख्यमन्त्री सिँहले विपद्का बेला मधेश प्रदेशमा खोज, उद्धार एवम् तत्काल राहत कार्यको व्यवस्थापनमा सक्रिय स्थानीय तह, सुरक्षा अधिकारी, सुरक्षाकर्मी तथा अन्य क्षेत्रलाई धन्यवादसमेत दिएका छन् ।

मुख्यमन्त्री सिँहले यसअघि नै बर्खाबाढीबाट प्रभावित गाउँबस्तीमा पुनस्र्थापनाका काम गर्न स्थानीय तह र विभिन्न स्थानीय तहलाई कार्यक्षेत्र बनाई काम गर्दैआएका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थालाई आह्वान गरेका थिए ।

बर्खा र बाढीका कारण कृषि, सिँचाइ, भौतिक पूर्वाधारलगायत क्षेत्रमा भएका क्षतिका विषयमा विवरण संकलन भइरहेको जानकारी दिँदै मुख्यमन्त्री सिँहले त्यसअनुरूप राहत तथा पुनसर््थापना कार्यमा सहजीकरण गर्न प्रदेशका मन्त्रालयहरू तथा मातहतका निकायलाई निर्देशन दिएका छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »