Century Times

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

धनुषा–३ मा नयाँ दलका उम्मेदवारहरू पनि पुराना राजनीतिक विरासत उल्ट्याउने अठोटसहित चुनावी मैदानमा छन् । यस्तै उम्मेदवारमध्येका एक हुन् गोपाल प्रसाद साह, जसले जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा प्रतिस्पर्धामा छन् ।

जनकपुरधाम उपमहानगरपालिकामा पार्टीको बलियो संगठन नरहेको अवस्थामै अघिल्लो निर्वाचनमा जनमत पार्टीले प्राप्त गरेको मतलाई यसपटक शक्तिमा रूपान्तरण गर्ने रणनीतिमा साह लागेका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा धनुषा–३ बाट जनमत पार्टीका उम्मेदवारले ७ हजार ३७४ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका थिए ।

उनले मुलुकमा लोकतन्त्र र गणतन्त्र आए पनि आम नागरिकले त्यसको अनुभूति गर्न नसकेको दाबी गरे । पार्टी अध्यक्ष सिके राउतले परिकल्पना गरेको “नौलो गणतन्त्र” नै मुलुकका लागि उपयुक्त विकल्प हुन सक्ने उनको भनाइ छ । स्वायत्तताको मुद्दामा राउतको अडानले आफूलाई प्रभावित पारेकाले जनमत पार्टी रोजेको उनले स्पष्ट पारे ।

साहले पुराना दल वा स्वतन्त्र उम्मेदवारहरूको प्रभावले आफ्नो उम्मेदवारीमा असर नपर्ने दाबी गर्दै मतदाताले परिवर्तनका पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरेका छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »