Century Times

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारहरुले प्रचार प्रसारको अन्तिम दिन पूरै उर्जा झोकेर आफ्नो प्रचार गरेका छन् ।

यसै क्रममा एमालेबाट धनुषा ३मा उम्मेदवार रहेकी जुलीकुमारी महतोले समेत आफ्नो चुनावी प्रचार प्रसारको अन्तिम दिन जनकपुरधाम नगरमा घरदैलो गरेकी छिन् । घर घरमा पुग्नुका साथै व्यापारिक प्रतिष्ठानमा पुगेर समेत जुलीले आफ्नो पक्षमा मत मागेकी हुन् ।

घरदैलोको क्रममा जुलीलाई स्थानीयले समेत भव्य स्वागत गरेका थिए । स्थानीयको अगाध स्नेह देखेर आफ्नो जीत सुनिश्चित लागिरहेको जुलीले दावी गरिन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »