Century Times

हङकङको एप्पल पत्रिकाका मालिक जिमी लाइ मध्यराती धरौटीमा रिहा

हङकङको एप्पल पत्रिकाका मालिक जिमी लाइ मध्यराती धरौटीमा रिहा

हङकङको राष्ट्रिय सुरक्षा कानून अन्तर्गत सोमबार बिहान पक्राउ परेका एप्पल डेलीका मालिक जिमी लाइ करिब ४० घण्टापछि मंगलबार मध्यराती रिहा भएका छन्।

एक महिनाअघि लागू भएको राष्ट्रिय सुरक्षा कानून अन्तर्गत दुई छोरासहित आफ्ना निवासबाट पक्राउ परेका उनी मंगलबार राती तीन लाख हङकङ डलर धरौटीमा रिहा भएका हुन्।

laihk release3

मंगलबार मध्यराती रिहा भएपछि मोङकोकस्थित प्रहरी अड्डाअगाडि आफ्ना समर्थक र सञ्चारकर्मीको भीडमाझ जिमी लाइले दुवै हात उठाएर ‘एप्पल डेलीलाई सहयोग गर्नुहोस्, अन्तसम्म सहयोग गर्नुहोस्’ भन्दै नारा लगाएका थिए।

साउथ चाइना मर्निङ पोष्टका अनुसार सोमबार पक्राउ परेका एग्नेस चाउ, जिमीका दुई छोरा सहित नौ जना पनि मंगलबार राती रिहा भएका छन्।

laihk release2
एग्नेस चाउ

सोमबार बिहानै उनी आफ्ना दुई छोरा र पत्रिकाका केही अधिकारीसहित पक्राउ परेका थिए। जिमीलाई पक्राउ गरेपछि प्रहरीको ठूलो जत्थाले एप्पल डेलीको कार्यालयको व्यवस्थापन विभागका छापा मारेको थियो। यो घटनासँगै हङकङमा लोकप्रिय चिनियाँ भाषाको पत्रिका एप्पल डेलीको बिक्रि चार गुणाले बढेको दाबी गरिएको छ।

हङकङमा सुपुर्दगी सन्धि लगायत लोकतान्त्रिक आन्दोलनलाई सक्रय साथ दिँदै आएका जिमीलाई सरकारले विदेशीहरूसँग मिलेर चीन विरोधी गतिविधि गरेको सन्देहमा पक्राउ गरिएको हो।

Source:nepalkhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »