
अं. १२:३० बजेको समयमा विशेष सुचना प्राप्त हुन साथ जि.प्र.का. धनुषाबाट प्र.ना.नि.को कमाण्डमा खटिएका सादा पोशाकको टोलीले जिल्ला धनुषा जनकपुर उ.म.न.पा. वडा नं. ९ स्थित बाह्र बिगहाको पश्चिमपट्टीबाट रामानन्दचोक तर्फ जाँदै गरेको ज.३ प. २७७८ नं. को कालोपल्सर मोटरसाईकललाई शंका लागि चेक जाँच गर्दा जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा. १० बस्ने वर्ष २५ को संतोष कुमार यादवले चलाई ल्याएको उक्त मोटरसाईकलको सिट मुनी लुकाई छिपाई राखेको १५०० पिस ( Nitravet-10 ) ट्यावलेट र निजले प्युठमा बोकोको कालो झोला भित्र चारमिनार मुम्कका २४ प्याकेट, राजनिवास ३ पैकेट, चक्कु -१ पिस समेत रित पुर्वक बरामद गरि निज समेतलाई नियन्त्रणमा लिई यस का. मा ल्याई आवश्यक अनुसन्धा भई रहेको जिल्ला प्रशासन कार्यालय धनुषा ले जनाएको छ।
Century Times
