जनकपुरधाम को सु-प्रसिद्ध समाजिक संस्थाहरु मध्य एक श्री महावीर युवा कमिटी रहेको छ। महावीर युवा कमिटी स्थापना काल देखी नै एउटा छुट्टै खालको समाजिक पहिचान र योगदान दिदै आई रहेको कुरा प्रस्ट छ।

यस संस्था ले नेपाल को सू-प्रसिद्ध शक्तिपिठ राजा जनकको कुल देवी माता राजदेवि मन्दिर मा मनाइने बडा दशैं पुजा, चैते दशै पुजा मा हुने व्यवस्थापन र शान्ती सुरक्षा लगायतका धार्मिक समाजिक कार्य हरु मा अग्रसर रहेको छ। मिती २०७८\५\१२ गते शनिवारका दिन हुन गई रहेको नया कार्य समिति २०७८ को निर्वाचन मा बिभिन्न पदहरु मा युवा हरु ले उम्मेदवारी दिएका छन।
त्यस्तै गरि अध्यक्ष पदमा ४ जना को उम्मेदवारी रहेको कुरा प्रमुख निर्वाचन आयुक्त शंकर साह ले जानकारी दिएका छन ,त्यस मध्ये अध्यक्ष पद को उम्मेदवार बलराम साह पनि हुन। साह ले संस्थाको बिभिन्न कालखण्ड र समयानुकूल आफ्नो योगदान दिएका छन।
साह संस्था का बिभिन्न पद मा बसी र उपसमिति को सन्योजकता ग्रहण गरि महासचिव सम्म को पदमा भूमिका सफलता पुर्वक निर्वाह गरेका छन।बलराम साह को उम्मेदवारी अध्यक्ष पदको लागी किन त? यो कुरा आम नागरिक को प्रश्न हुन सक्छ होला यहाँ को उम्मेदवारी किन भन्ने कुरा को जवाफ याहाँ को संस्था प्रती को लगाव र पदमा बसी निर्वाह गरकौ भुमिका आफ्नो माथी उलेखित पोस्टर मार्फत जानकारी गराए का छन।
Century Times
