राष्ट्रिय युवा परिषदको आयोजना र संघीय युवा क्लब सञ्जालको सहकार्यमा तीन दिने युवाको क्षमता अभिवृद्धिका लागी सीप वृद्धि तालिम सम्पन्न भएको छ ।
पुष २,३ र ४ मा परिषदको कार्यलय सानोठिमी भक्तपुरमा आयोजित कार्यक्रममा सातै प्रदेशको प्रतिनिधित्व गर्ने युवा संजाल, नमुना युवा संसदका युवाहरु साथै विभिन्न क्लब र कलेजबाट करिब ४० जना युवाको सहभागिता थियो । कार्यक्रममा युवाहरुको क्षमता अभिवृद्धि गर्नको लागी प्रस्तावना लेखन , डिटेल सि.भी बनाउने तालिम प्रदान गरिएको संघीय युवा क्लब संजालका सचिव रन्जन पौडेलले जानकारी दिनुभयो ।

नेपालको विभिन्न क्षेत्रबाट काठमाडौंमा बसोबास गर्दै आएका युवाहरू कार्यक्रममा सहभागी भएका थिए । युवाहरूलाई भोलिका दिनहरुमा दैनिक अफिसियल जीवनमा उपयोग हुने डकुमेन्ट बनाउने ,प्रस्तावना लेख्ने,भाषाको प्रयोग जस्ता विविध बिषयमा नेपाल इन्स्टिच्युट अफ रिसर्च कम्यूनिकेशनका राष्ट्रिय प्रशिक्षकहरूबाट तीन दिने प्रशिक्षण दिइएको संजालका अध्यक्ष अभिषेक तिवारीले बताउँनु भयो ।
कार्यक्रमको अन्तिम दिन पुष ४ गते एक औपचारिक कार्यक्रमका बिच युवा तथा खेलकुद मन्त्रालयका सचीव डा. दामोदर रेग्मीले यस्तो किसिमको तालीमले युवाहरुलाइ एक कदम अगाडि बढाउने भन्नेमा बिश्वस्त रहेको र यहाँ सिकेको कुरा युवाहारु मार्फत अन्य क्षेत्रमा सिकाउन सक्ने जनशक्ति उत्पादन हुने बताउनु भयो । कार्यक्रमको अध्यक्षता युवा परिषदका प्रशासकीय प्रमुख डा. बाबुराम ढुंगाना ज्युले गर्नुभएको थियो ।
Century Times
